काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन समूहले माग गरेको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित उक्त क्याम्पसमा स्ववियु निर्वाचन कार्यतालिका अनुसार मंगलबार सम्पन्न हुनुपर्ने निर्वाचन अनेरास्ववियुको तालाबन्दीका कारण स्थगित भएको थियो ।
निर्वाचन स्थगित भएकोमा स्वतन्त्र विद्यार्थी समूह भर्त्सना गर्दै निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको हो ।समूहका संयोजक हर्कबहादुर बोहराले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । बोहराले सत्ता र शक्तिको आडमा आरआरमा स्ववियु निर्वाचन स्थगित गरिएको आरोप समेत लगाएका छन् ।
‘निर्वाचन कार्य निष्पक्ष पारदर्शी र धाँधली रहित बनाउनुपर्नेमा फर्जी परिचयपत्र र प्रशासनबाट सम्पर्क नं सहित मतदाता नामावलीको चुहावटले निर्वाचनको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा भएको छ ।
यहीँ बहानामा चुनावको अघिल्लो राति तालाबन्दी गर्नु विद्यार्थीको मताधिकारको हनन मात्रै होइन क्याम्पसलाई बन्धक बनाई राख्ने षड्यन्त्र हो’, समूहले भनेको छ, ‘स्वच्छ निष्पक्ष निर्वाचन मार्फत विद्यार्थीले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारको सुनिश्चित गर्न निर्वाचन प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई जोडदार माग गर्दछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु