काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् । शीर्ष राजनीतिक दलका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल (क्रान्तिकारी) बहुमत लगायतका संगठनले आफ्नो नामावली दर्ता गराएको त्रिवि क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए ।
दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशीघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ-संगठनले भाग लिएका थिए । निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन/समूह दर्ता हुनुपर्ने व्यवस्था छ । देशका केही क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरूले अध्यक्षसहितका उम्मेदवारको नामावली घोषणा गर्न थालिसकेका छन् ।
निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता
त्रिविकाे स्ववियु निर्वाचन कार्यतालिका आजदेखि लागू
स्ववियु निर्वाचन : कांग्रेसले सातै प्रदेशमा खटायो नेता
रास्वपाले स्ववियु चुनावमा उम्मेदवारी नदिने
आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने