वासिङ्टन डीसी । अमेरिकामा आँधीले ठुलो विनाश मच्चाएको छ । यस आँधीमा तीन जनाको मृत्यु भइसकेको छ । कयौँ राज्यहरूमा आँधीका कारण सडकमा पार्क गरिएका ट्रकहरू पल्टिएका छन् ।
यसबाहेक कयौँ जङ्गलहरूमा डढेलो फैलिन थालेको छ । मसौरीमा कम्तीमा पाँच पटक आँधीबेहरी आएर गएको बताइएको छ । शनिवार मिसिसिपी उपत्यका र दक्षिणमा खतराको चेतावनी जारी गरिएको छ ।
राष्ट्रिय मौसम सेवाले देशको ठुलो भागमा मौसम बिग्रने चेतावनी दिएको छ । क्यानडाको सिमानादेखि टेक्साससम्म १३० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्ने अनुमान गरिएको थियो ।
टेक्सास प्यानह्यान्डलमा आँधीका कारण भएको कार दुर्घटनामा शुक्रवार तीन जनाको मृत्यु भएको राज्यको सार्वजनिक सुरक्षा विभागकी सार्जेन्ट सिन्डी बार्कलेले बताइन् ।
यसैबिच ओक्लाहोमा वन सेवाका अग्नि व्यवस्थापन प्रमुख एन्डी जेम्सले ओक्लाहोमामा लगभग १५० वटा आगलागी भएको रिपोर्ट भएको बताएका छन् । यसको अतिरिक्त स्टेट पेट्रोलले माइक्रो ब्लगिङ वेबसाइट एक्समा आँधीले कयौँ ट्र्याक्टर–ट्रेलर पल्टाइदिएको छ ।
मिसिसिपी र अलाबामामा शनिवार आँधीबेहरी र तीव्र गतिमा हावा चल्ने सम्भावनासहितको गम्भीर आँधीबेहरीको खतरा सप्ताहान्तभरि जारी रहने मौसमविद्हरूले बताएका थिए ।
आइतबार भारी वर्षाले पूर्वी तटका केही भागहरूमा अचानक बाढी आउन सक्ने पनि बताइएको छ । मार्चमा यस्तो विषम मौसम देख्नु असामान्य नभएको विज्ञहरूले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ चैत्र २०८१, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
ट्रम्पको अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति
अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो
यी हुन् अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली (नामवालीसहित)
अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा