एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की साउदी अरेबिया प्रस्थान गरेका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्न जेलेन्स्की साउदी प्रस्थान गरेका हुन् ।
त्यसक्रममा उनले साउदी राजकुमारसँग युक्रेन युद्धका विषयमा कुरा गर्नेछन् । रूस-युक्रेन युद्धबीच साउदीले विभिन्न विषयमा मध्यस्तकर्ताको भूमिका खेलेको हो ।
साउदी अरबमा मंगलबार अमेरिकी अधिकारी र युक्रेनी अधिकारीबीच वार्ता हुँदै छ । वार्ताको पूर्वसन्ध्यामा जेलेन्स्की साउदी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
वार्ता दुई देशका उच्च अधिकारीहरूबीच हुनेछ। युक्रेनबाट जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारी सहभागी हुने रोयटर्सले जनाएको छ। अमेरिकाबाट पनि उच्च अधिकारीहरू बैठकमा सहभागी हुनेछन् ।
अमेरिकी शीर्ष कूटनीतिज्ञले साउदी अरबमा अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ताअघि रुससँगको युद्ध अन्त्य गर्न आंशिक युद्धविरामको प्रस्तावमा आफू आशावादी रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ फागुन २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार