देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १५ : ४५
देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । राप्रपाले आज शनिबार आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।

मुलुकभरबाट संकलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलब भत्ताको व्यवस्था गर्न नसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए ।  एक दशक अघिसम्म मुलुकको  बाह्य र आन्तरिक ऋण रु. सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु. २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे ।