नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १३ : ३३
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । आज बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले बजेटका सिद्धान्त, मूल्य मान्यता आत्मसात गरी बजेट बनाउने र विगत अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस