स्ववियू चुनाव : वीरेन्द्र क्याम्पसमा ‘बालेन युथ फोरम’ दर्ता

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १३ : ०३
स्ववियू चुनाव : वीरेन्द्र क्याम्पसमा ‘बालेन युथ फोरम’ दर्ता

चितवन । आगामी चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट ‘बालेन युथ फोरम’ को नाममा प्यानल दर्ता भएको छ ।

वीरेन्द्र क्याम्पस स्ववियू निर्वाचन अधिकृत देवीप्रसाद पौडेलका अनुसार 

क्याम्पसमा १३ वटा विद्यार्थी संघसंगठनका प्यानल दर्ता भएका छन् । जसमध्ये बालेन युथ फोरम १३ औँ नम्बरमा रहेको छ ।

निर्वाचनमा भाग लिने प्यानलमा मुख्य राजनीतिक संगठनका भ्रातृ संस्थाहरू अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघलगायत छन् ।

 

प्रतिक्रिया दिनुहोस