काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सिंहदरबार चारेर अनुदान लिने विगतको प्रवृत्तिको अन्त्य भएको बताएका हुन् ।
मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्षयता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गरे । ‘कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ,’ उनले भने, ‘यसको उपलब्धि खोज्ने काम भएको छ ।’
कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको बताए । ‘कृषिमार्फत हामीले चाहेको संवृद्धि नयाँ ऐनमार्फत प्राप्त हुनसक्ने गरी तयार हुँदैछ,’ मन्त्री अधिकारीले भने,‘ ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसदमा पुग्दैछ ।’
कृषि मार्फत गरिबी घटाउँदै कम्तीमा आफनै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीको दाबी छ । किसानलाई परिचयपत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता