काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन रोक्नुपर्ने बताएका हुन् ।
‘नेपालमै काम लाग्ने वैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न मैले सक्दो प्रयास गरिरहेको छु ।
मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरू सुल्झिँदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए । वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भइसकेको उनले उल्लेख गरे ।
मन्त्री अधिकारीले कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक बनाउन आवश्यक भएको बताए । कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालिका जातहरू पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता