काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।
‘मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अव सबै अनुदान पारदर्शी हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।
विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए ।
कृषि मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको छ : कृषिमन्त्री अधिकारी
कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउने कृषिमन्त्रीको प्रतिबद्धता