खाना पकाउने एलपी ग्यासको आयात वृद्धि

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०८१, ०७ : ५८
खाना पकाउने एलपी ग्यासको आयात वृद्धि

काठमाडौ । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ । सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो ।

गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस