पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

एजेन्सी

मंगलबार, १९ चैत्र २०८१, ०८ : ०९
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु

एजेन्सी । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर लिक हुँदा विस्फोट भएको थियो । 

एक वरिष्ठ प्रहरी अधिकारीले घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् ।

घाइतेलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस