ग्यासमा कमिसन बढ्यो, उभोक्तालाई भार पर्छ कि पर्दैन ?

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, ०७ : ५९
ग्यासमा कमिसन बढ्यो, उभोक्तालाई भार पर्छ कि पर्दैन ?

काठमाडौ । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीबिच प्रतिसिलिन्डरमा १२ रुपियाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो ।

कमिसन वृद्धि गर्ने सहमति भएसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ  ।

उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपियाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस