एजेन्सी । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राति सम्पन्न आफ्नो दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका विराट कोहलीले १०० रन बनाए । १११ बल खेलेर नटआउट रहेका उनले ७ चौका प्रहार गरे । उनलाई श्रेयस अय्यर र शुभमन गिलले राम्रो साथ दिए।
बलिङमा भारतका कुलदीप यादवले ३ र हार्दिक पाण्ड्याले २ विकेट लिए ।
दुबईमा भएको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानी टोली ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भएको थियो ।
भारतले बिहीबार बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो ।
यता, लगातार दोस्रो हारसँगै पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ। पाकिस्तानले अब बंगलादेशविरुद्ध एक खेल खेल्न बाँकी छ।
यसअघि पहिलो खेलमा पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, ०६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरि पराजित
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त