च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०८१, ०७ : १९
च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित

एजेन्सी । रेन रिकेल्टनको पहिलो एक दिवसीय शतकसँगै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०८ रनमा समेटिएको हो।

अफगानिस्तानका सहमत साहले सर्वाधिक ९० रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ३ विकेट लिए भने लुङ्गी एनगिडी र वाइन मल्डरले समान २–२ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३१५ रन जोडेको थियो। अफ्रिकाका लागि रिकेल्टनले १०६ बलमा १०३ रन जोडे। उनी शतक पूरा गरेपछि रन आउट भएका थिए।

उनले कप्तान तेम्बा बभुमासँग दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। अफ्रिकाका लागि कप्तान बभुमाले ५८ रन बनाए। भान डेर रुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा आइडन म्याक्रम ५२ रनमा अविजित रहे। अफगानिस्तानका मोहम्मद नाबीले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस