कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, १४ : ४६
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् ।

महामन्त्री थापाले अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन तथा अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्थाभन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

महामन्त्री थापाले पछिल्लो पटक पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए । उनले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए । 

प्रतिक्रिया दिनुहोस