काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताए ।
उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ । सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ ।
बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन । त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ। त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’
महामन्त्री थापाले कांग्रेस ठूलो पार्टी भएकाले जिम्मेवारीबोध गरेर काम गर्नुपर्ने बताए । उनले संघीयता कसैले नबोकाइदिएको भन्दै प्रदेश सरकार कायमै राख्ने बताए । उनले प्रदेश र स्थानीय सरकारलाई धारिलो बनाउनेगरी २०८४ सम्ममा सरकारले कानून बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा
जलवायु परिवर्तनको असरले नेपालका हिमनदीहरू खतरामा छन् : महामन्त्री थापा
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह
रविसँग ९ घण्टा बयान भयो, फैसला त आउँनै बाँकी छ :महामन्त्री थापा
बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न : गगन थापा