काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघको पहिलो साताबाट सदन सुरू हुने बताएका छन् । ‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै यो सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको सुनाए ।
उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता छ । रोकिएर रहेको विधेयकहरूलाई अगाडि बढाउन हामीले संयन्त्र नै बनाएर काम गरिरहेका छौं । अहिले भएका सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गर्नुपर्छ । माघको पहिलो साताबाट सदन सुरू हुन्छ ।
उनले १८/१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको बताए । उनले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताए । उनले संघीयताको पक्षमा आफूहरू रहेको भन्दै प्रदेश कायम रहने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : महामन्त्री थापा
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा