काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए ।
थापाले भने–'भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ ।
बाहलवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सांसदको सबैमाथि छानबिन गर्न पनि थापाले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा
जलवायु परिवर्तनको असरले नेपालका हिमनदीहरू खतरामा छन् : महामन्त्री थापा
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह
रविसँग ९ घण्टा बयान भयो, फैसला त आउँनै बाँकी छ :महामन्त्री थापा
बिजुलीको बक्यौता एक रुपैयाँ पनि छोड्नुहुन्न : गगन थापा