धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्ने मन्त्रीलाई राजीनाम दिन सुझाव दिएका छन् । आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिएर जान सुझाव दिएका हुन् ।
‘बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नुपर्छ । जनताका कामहरू सहज रुपमा हुन्छन् । त्यसका लागि जेल जानुपर्छ भने पनि म तयार छु’, शाहले भने, ‘विभिन्न किसिमका तर्क दिएर कार्यान्वयनलाई बल्झाउने काम कसैले नगर्दिनुहोला ।
मसँग कुनै मन्त्री र राज्यमन्त्री ज्यूलाई असहज छ भने राजीनामा दिए हुन्छ । कर्मचारीहरुलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन ।’
कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर अगामी वर्षको बजेट कसरी बनाउने भन्ने विषयमा छलफल गर्ने बताए । ‘बजेटमा माननीयहरूको भूमिका कहाँ हुन्छ ? कसरी बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ । प्रष्ट खाका लिएर आउनुहोला सचिव ज्यूहरुलाई निर्देशन गर्दछु’, शाहले भने ।
कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने गरिएको बताउँदै उनले सही ढंगले काम गरे अहिलेकै कर्मचारीले धेरै काम गर्न सक्नेमा विश्वस्त रहेको बताए ।चालु वर्षका आयोजनाहरु पनि के कसरी अगाडि बढ्दैछन तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन शाहले निर्देशनसमेत दिएका छन् ।
गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैंले गरको उनको भनाइ थियो । अर्ध वार्षिक समीक्षा कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने