काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीबार भारतको भ्रमण सकेर स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताएका हुन् ।
उनले छिटै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए । ‘इन्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किनुभएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरू (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट गरेको र ठुला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिए । उनले भारतीय ऊर्जामन्त्री चाँडै नेपाल आउने तय भएको जानकारी दिए ।
उनले भने, ‘ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’ मन्त्री खड्काले ऊर्जा क्षेत्रमा भारतको राम्रो सहयोग गरेको महसुस गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली