काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा गएका हुन् ।
आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन् । उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनको जिकिर छ ।
प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्– ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला