काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्री पनि सहभागी छन् ।पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो ।
पछिल्लो समय कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको चर्को आलोचना गरिरहेका छन् । यसअघि बुधबार साँझ मात्रै राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकपछि कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ११ : १४
लेखकबाट थप