निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौ : हृदयराम थानी

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १२ : २६
निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौ : हृदयराम थानी

काठमाडौं । निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए । ‘कसैलाई कुलीन पिरियड लाग्ने कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो किन विभेद ?’ थानीले प्रश्न गरे ।

उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौं ।’

अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त सचीवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ। तोकिए बमोजिम हुने भन्दा मेरो फरकमत रहन्छ ।’

उनी थप्छन्, ‘अतिरिक्त सचिब नराख्दा पनि हुन्छ । राख्ने हो भने  ऎनमा नै व्यवस्था गरौ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।’सांसद थानीले  बोल्न पनि कसरी बोल्ने गाह्राे रहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने ? कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस्  ।’

उनको अर्को फरक मतको बुँदा छ, -अरुमा एक वर्ष,  एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ । कुरा उही हो सबैलाई एउटै गरौं ।’पशु चिकित्सकको आठौं तह राख्नपर्ने उनले सुझाए ।

गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह गरे । हजारौं शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भोलि कर्मचारी सडकमा जाने व्यवस्था नहोस् ।’

प्रतिक्रिया दिनुहोस