काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरेका छन् ।
बुधवार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपामला शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए ।
उनले अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरु पनि नेपालकै क्याम्पसहरुमा अध्ययन गर्न सकिने अवस्था रहेको उल्लेख गरे । उनले नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरुले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने, ‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरु छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन । हामीले धेरै विषयहरु छानेर अध्ययन गर्न सक्छाैँ । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरु अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ ।
उपप्रधानमन्त्री सिंहले क्याम्पसको पूर्वाधार विकास गर्नुपर्ने काममा सरकारले विशेष ध्यान दिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह
बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह
नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह