काठमाडौं। उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।गणेशमान सिंह प्रतिष्ठानद्वारा आज ललितपुरमा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन् ।
खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नुका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने उनको भनाइ थियो ।उनले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिए ।
प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमै अध्ययन गरी देश निर्माणमा लागौँ : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह
बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह