मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १२ : ५५
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।यो विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको थियो । मंगलबार नै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश टेबुल गर्न लागिएको हो ।

सभामा सन्देश टेबुल भएपछि विधेयकमाथि छलफलको प्रक्रिया अगाडि बढ्नेछ । यसका अलावा प्रतिनिधि सभामा मंगलबार निकासी पैठारी नियमन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सभाले अनुमति दिएको खण्डमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीले विधेयक प्रस्तुत गर्नेछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस