काठमाडौँ । मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश भएको छ । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई प्रतिनिधि सभाका सचिव हर्कराज राईले सभामुख देबराज घिमिरेको आदेश अनुसार प्रतिनिधि सभामा पेश गरेका हुन् ।
मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चार मन्त्री रेखा शर्माले २०८१ वैशाख १२ मा मिडिया काउन्सिल विधेयक दर्ता गराएकी थिइन् । उक्त विधेयक गत जेठ १३ मा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्ने तयारी