काठमाडौं । संघीय संसद्का दुवै सभाको बैठक बस्दैछ । सोमबार एउटा/एउटा विधेयक पारित गर्ने दुवै सभाको सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ । यो विधेयक पनि पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गर्ने तयारी