काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीका नेता गुरुराज घिमिरेलाई प्रतिस्पर्धी परम्परागत शैलीमा मात्रै सीमित नभएको जवाफ दिएका छन् ।
‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै नेता घिमिरेले प्रतिस्पर्धी दल एमालेसँगको सहकार्यले काँग्रेसलाई कहाँ पुर्याउला ? भन्दै प्रश्न गरेका थिए ।
त्यसको जवाफमा मन्त्री पौडेलले भने, ‘अघि गुरु घिमिरेजीले भन्नुभयो हामी प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्त्व दिएर हामी गएका हौं । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्त्व दिएका छौं । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हन जरुरी छ । सचेत भएर अघि बढ्न जरुरी छ । त्यसैले हामीले सबै तहको सरकारलाई जनताकेन्द्रित बनाउनुपर्छ ।’
उनले अहिले आफू प्रश्न गर्ने ठाउँमा भन्दा पनि सरकारमा गएर भएका उपलब्धिहरू बनाउने कोसिसमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव
विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो : स्वास्थ्यमन्त्री पौडेल
नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छ: मन्त्री थापा
स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै
सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय