स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, २० : ०२
स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा कार्यक्रममा जाने भएका छन् ।

जेनेभामा २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा भइरहेको छ । शुक्रबार (मे २४) मै जाने तयारी भएपनि बदलिँदो राजनीतिक घटनाक्रमले जेनेभा भ्रमण रोकिएको थियो ।

आज राति २ बजे त्यसतर्फ जाने तय भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास शुक्रबार नै जेनेभा गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस