हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन जरुरी रहेको बताएका छन् । उनले नागरिकले अपनत्व ग्रहण गर्नेगरी नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड अनुदान मार्फत निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले नागरिकहरूको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने चुनौती रहेको बताए । नागरिकको आवश्यकताका आधारमा तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उनका अनुसार विगतमा केही कमीकमजोरी र त्रुटिका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्ने तथा सामान्य औषधी उपचारबाट पनि टाढा रहनु परेको थियो । सो विषयलाई सम्बोधन गरेर पिछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मूलधारमा ल्याउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।
प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरूको भण्डारणमा समेत समस्या हुँदै आएको उनले औँल्याए । नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको उनले बताए ।
सेभ द चिल्ड्रेन, नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरूप सो भवन निर्माण गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त