काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारी जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् ।
डिएसपी पासवानका अनुसार राईलाई सिरहा नगरपालिका-७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो। राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर ब्युरोमा पठाएको प्रवक्ता पासवानले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधिमै विभेदमा अवकाश प्राप्त कर्मचारी
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी