यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, १४ : ५३
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी

काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यालयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको छ ।

‘शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११: ५९ मा सबै मिसन-महत्त्वपूर्ण कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूको लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक, विश्वव्यापी रूपमा प्रशासनिक बिदामा राखिनेछ’, सूचनामा भनिएको छ, ‘आवश्यक कर्मचारीहरूलाई बिहीबार, फेब्रुअरी ६, दिउँसो ३ बजे एजेन्सी नेतृत्वद्वारा सूचित गरिनेछ ।’

हाल संयुक्त राज्य अमेरिका बाहिर तैनाथ यूएसएआईडी कर्मचारीहरूका लागि एजेन्सीले मिसनहरू र राज्य विभागको समन्वय गर्दै आवश्यक योजना तयार गरिरहेको पनि सूचनामा भनिएको छ ।

सबै लागू आवश्यकताहरू र कानूनहरू बमोजिम एउटा योजना तयार गरिरहेको छ, ‘जस अन्तर्गत एजेन्सीले ३० दिन भित्र संयुक्त राज्यमा फिर्ता यात्राको लागि व्यवस्था गर्ने र भुक्तानी गर्ने र आवश्यक नभएका सम्झौताहरू अगाडि नबढाउने पनि बताइएको छ ।

‘एजेन्सीले व्यक्तिगत वा पारिवारिक कठिनाइ, गतिशीलता वा सुरक्षा सरोकार वा अन्य कारणहरूको आधारमा केस(दर(केस अपवादहरू र फिर्ता यात्रा विस्तारहरू विचार गर्नेछ’, सूचनामा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस