'पिआर: पर्मानेन्ट रेसिडेन्ट' को दुई पोस्टर सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, १२ : २५
'पिआर: पर्मानेन्ट रेसिडेन्ट' को दुई पोस्टर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म 'पिआरः पर्मानेन्ट रेसिडेन्ट' को दुई पोस्टर सार्वजनिक भएको छ।  रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन्।

सार्वजनिक पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन्। यी कलाकारहरू अडिसनमार्फत छनोट भएका हुन्।निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ। 

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ। फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन्।

मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ।  

 

प्रतिक्रिया दिनुहोस