लोकतन्त्रको विकल्प खोज्ने होइन,सुदृढ बनाउने हो : देउवा

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०८१, १४ : ५३
लोकतन्त्रको विकल्प खोज्ने होइन,सुदृढ बनाउने हो : देउवा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताएका छन् ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताए ।  ‘हामीले अवलम्बन गरेका सबै प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन् । संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौ ।

लोकतन्त्र अनुशासनको पद्धति पनि हो’, देउवाले भने, ‘लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ ।’