काठमाडौँ । शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १३ : ३४
लेखकबाट थप