काठमाडौं। शेयर बजारमा सोमबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७ दशमलव ९९ अंकमा कायम भएको छ । फाइनान्स समूहमा ठूलो गिरावट आउँदा परिसूचकमाथि दबाब पर्यो ।
बैंक, विकास बैंक, हाइड्रोपावर र माइक्रो फाइनान्समा पनि सोमबार गिरावट आयो । वृद्धिमा सबैभन्दा बढी योगदान अदर इन्डेक्सले गर्यो ।
६ अर्ब ५७ करोडको कारोबार हुँदा ११८ कम्पनीको शेयर मूल्य बढ्यो भने ११७ वटाको घट्यो । ८ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार