काठमाडौं। लगातार ७ दिनको गिरावटपछि शेयर बजारमा वृद्धि देखिएको छ । बुधबार शेयर बजार परिसूचक (नेप्से) १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा कायम भएको छ।विकास बैंक र माइक्रो फाइनान्सबाहेक सबै समूहमा वृद्धि देखिँदा नेप्सेमा दोहोरो अंकको वृद्धि सम्भव भएको हो ।
बुधबार कारोबार भएकामध्ये १४६ कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटामा गिरावट आएको छ । १० वटामा कुनै परिवर्तन भएन ।कारोबार रकम भने ८ अर्ब २३ करोड रहन पुग्यो ।
बिहीबार फागु पूर्णिमाको सार्वजनिक बिदा रहेकाले बुधबार साताको अन्तिम कारोबार दिन हो । अबको कारोबार फागुन ३ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ६ अर्ब माथि
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार