५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १५ : ३१
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको छ ।

यस दिन बजारमा १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा  ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक २६.०७ अङ्कले घटेर २५९७.४९ को विन्दुमा अडिएको थियो । आइतबार न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस