काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ । साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक १७.८० अङ्कले बढेर २७७५.८५ को विन्दुमा अडिएको हो ।
यस दिन बजारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो कारोबारका दिन सोमबार १९.९७ अङ्कले बढेको बजारमा २ करोड ३० लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज दिव्यश्वरी हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारका आधारमा ङादी ग्रुप पावर २६ करोड ७४ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ६ अर्ब माथि
शेयर बजारमा लगानीबारे सचेतना कार्यक्रम
५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार