पीपीएल टी–२० क्रिकेट

चितवन राइनोजले दियो पोखरा पल्टनलाई एक सय ४१ रनको लक्ष्य

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, १५ : १४
चितवन राइनोजले दियो पोखरा पल्टनलाई एक सय ४१ रनको लक्ष्य

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको सोमबार जारी दोस्रो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ राजेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै एक सय ४० रन जोडेको थियो । चितवन राइनोजको लागि सन्नी पटेलले ४७ र पारस खड्काले ४४ रनको योगदान गरे ।
प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस