काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न गरेका हुन् ।
‘के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जन साधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन,’ सापकोटाले प्रश्न छ ।आफू सभामुख हुँदा मंसिर २८ गतेसम्म अधिवेशन आह्वान भएको भए पनि अहिले किन ढिलो भएको भन्ने उनको प्रश्न थियो ।
संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको उनको भनाइ थियो । ‘त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभामुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
माओवादीले फेरि किन स्थगित गर्यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान ?
२५ करोड बरामद भएको घटनामा छानबिन समिति बनाउन माओवादीको माग
बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान
माओवादीको अभियान स्थगित, बिहीबारबाट सुरु हुने