काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न निर्देशन दिएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।
“उत्तरी क्षेत्रनजिक केन्द्रविन्दु भएकाले त्यसक्षेत्रमा थप सक्रिय हुन प्रहरी युनिटलाई सर्कुलर जारी गरेका छौँ,” प्रवक्ता अधिकारीले भने ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प