काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरजञ्ज महानगरपालिका-१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुल बहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।
पक्राउ परेकामध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, आकाशले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवै जनालाई बुधबार पक्राउ गरेको हो ।
साथै, कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादुर र राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
सुनजस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ