काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धान्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामहरुलाई अघि बढाउन उनीहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
सभापति देउवाले स्वर्गीयपिएल सिंहले जनताको सेवाका लागि गर्नुभएका कामहरुको स्मरण गरे । पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पिएल सिंहले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे ।
त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गरेका थिए । समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारसहित थाइल्याण्ड उडे सभापति देउवा
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा