काठमाडौँ । रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई रुपन्देही अदालतले दियो वैशाख २३ को अर्को तारिख
म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला : रवि लामिछाने
रास्वपा सभापति लामिछाने कास्की अदालत जाँदै
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो