काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे भएको बताएका छन् । रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिएका उनले आफू बोल्ने मान्छे भएपनि समय कुरिरहेको प्रतिक्रिया दिएका हुन् ।
‘अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ,’ सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ। प्रतीक्षा गर्नुहोला। छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’