काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने तारेख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।
तारेख बुझ्न उनी काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् । कास्की अदालतमा उनको यो दोस्रो तारेख हो । पोखराबाट उनी सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारेख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।
यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए । पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई लगियो रुपन्देही
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने
‘राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो: रवि लामिछाने