काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट ११ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट ११ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्यूनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।
यस्तै, त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने नीति साधारण सभाबाट पारित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने
उपत्यकाका आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मत परिमाण सार्वजनिक
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो